शिक्षक युनियन बाराले निकाल्यो बिज्ञप्ती, भन्यो ‘कडा कदम चाल्न नपरोस्’
ए वान डेस्क /
नेपाल सामुदायिक उच्च माद्ययमिक शिक्षक युनियन जिल्ला कार्य समिति बाराले आन्दोलनरत्त शिक्षकहरुको माग तत्काल सम्बोधन गर्न सरकारसंग माग गरेको छ । आज एक प्रेस बिज्ञप्ती जारी गर्दे जिल्ला कार्य समिति बाराले शिक्षकहरुको आन्दोलनप्रति एक्यवद्धता जनाउदै जायज माग सम्बोधन गर्न सरकारसंग माग गरेको हो ।
आन्दोलनरत्त शिक्षकहरुले उठाएको माग जायज रहेकोभन्दै जिल्ला कार्य समिति बाराले न्यायोचित माग संम्बोधन गर्नुपर्नेमा अमानविय ढंगले सरकार दमन तर्फ अग्रसर भएको आरोप लगाएको छ । अध्यक्ष राधेश्याम शिवाकोटिद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ‘यदी माग पुरा गुर्नका सट्टा गैर जिम्मेवार क्रिायकलापलाई सरकारले निरन्तरता दिई रहेको खण्डमा यो भन्दा कडा आन्दोलन गर्न हामी बाध्य हुने व्यहोरा दर्शाउदै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छौ’ ।
सरकारले शिक्षकहरुको माग तत्काल सम्बोधन नगरे कडा कदम चाल्न बाध्य हुने समेत जिल्ला कार्य समिति बाराले बिज्ञप्तीमार्फत चेतावनी दिएको छ ।
















