साना किसान डुमरवाना : १३ जना सञ्चालकको टुंगो लाग्यो (नामावलीसहित)
ए वान डेस्क /
साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवाना अन्र्तगतको पाच वटै शाखामा सञ्चालक समिति सदस्यको टुंगो लागेको छ । आज सिमरा शाखाले ३ जना सञ्चालक सदस्य चयन गरेसंगै पाच वटै शाखामा सञ्चालक समिति सदस्यको टुंगो लागेको हो ।
अब फागुन २६ गते हुने संस्थाको २२औ साधारणसभाबाट संस्थाको नया कार्यसमिति चयन हुनेछ । संस्थाले यसअघि नै २२औ साधारणसभाबाट १३ सदस्यिय नया कार्यसमिति गठन गर्ने निर्णय गरिसकेको छ ।
सोही बमोजिम अहिले पाच वटै शाखाबाट चयन भएका सञ्चालक सदस्यहरु बिच नया कार्यसमितिका लागी निर्वाचन हुनेछ ।
कहाबाट को को आए ?
सिमराबाट :
कमला अधिकारी
लक्ष्मी बस्नेत
कोपिला लामिछाने
निजगढबाट :
टिका मैनाली
सरस्वती तिमल्सिना
धनमाया लामा
कोल्हवीबाट :
विष्णु कुमार श्रेष्ठ
नन्देश्वर कुमार चौधरी
डुमरवानाबाट :
प्रदिप सिंह बराल
मिना देवि चौधरी
टिकाराम लामिछाने
शान्ति तामाङ्ग
कतर्वाबाट :
विश्वनाथ लामिछाने















