आयल निगम र ग्यास उद्योगीबीच सहमति, आन्दोलन स्थगित
ग्यास उद्योगीले आफ्ना १० बुँदे माग तेर्साएर गरेको आन्दोलन स्थगित भएका छन् । मंगलबार साँझ उद्योग वाणिज्य तथा आपूर्तमन्त्री मात्रिका यादवको उपस्थितिमा भएको वार्तामा सहमति जुटेपछि उद्योगीले आन्दोलन स्थगित गरेका हुन् ।
उद्योगी र बिक्रेताको आन्दोलनको कारण बजारमा ग्यास अभाव हुन थालेपछि नेपाल आयल निगमले उद्योगीले वार्तामा बोलाएको हो । आयल निगम र उद्योगीबीच तीनबुँदे सहमति भएको छ ।















