१८ बर्षदेखि फरार जीतपुरसिमराका अंसारी पक्राउ
फाईल फोटो
ए वान डेस्क /
ईलाका प्रहरी कार्यालय सिमराले सवारी ज्यान मुद्धाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरी नीरिक्षक सुभाष हमाल नेतृत्वको एक टोलिले सवारी ज्यान मुद्धाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ७ निवासी कमरुदिन मिया अंसारी रहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । जिल्ला अदालत बाराले २०५७ सालमा सवारी ज्यान मुद्धामा अंसारीलाई २७ दिनको कैद र ५०० रुपैया जरिवाना तोकेको थियो ।
प्रहरीका अनुसार अदालतको फैसला लगत्तै फरार भएका अंसारीलाई लुकी छिपी बसेको अवस्थामा हिजो फेला पारी पक्राउ गरिएको हो । पक्राउ परेका अंसारीलाई जिल्ला अदालत ब्ँँरँको आदेश अनुसार कैद भुक्तानको लागी विरगञ्ज कारागार पठाईएको प्रहरीले जनाएको छ ।















