सिमराको मालपोत कार्यालयमा अर्को काण्ड : कित्ताकाटै नगरी जग्गा बिक्रि गरेको खुलासा

ए वान डेस्क
२२ फाल्गुन २०७५, बुधबार २०:४८

ए वान डेस्क /

बाराको सिमरामा रहेको मालपोत कार्यालयले कित्ताकाटै नगरी जग्गा बिक्रि गरेको खुलासा भएको छ । कार्यालयको गतिविधि संकास्पद देखिएकोभन्दै जिल्ला प्रशासन कार्यालयले अख्तियारमा पत्राचार गरेपछि कार्यालयले कित्ताकाटै नगरी जग्गा बिक्रि गरेको खुलासा भएको हो ।

लेखापढि व्यवसायीसंगको मिलेमतोमा २०५५ सालमा बिक्री भएको जग्गाको मात्रा घटाएर नया कित्ताकाट गरी कार्यालयले जग्गा बिक्रि गरेकोभन्दै जिल्ला प्रशासन कार्यालय बाराले आज अख्तियारमा छानविनको लागी पत्राचार गरेको छ । बिभिन्न कारणले बिबादमा तानिदै आएको मालपोत कार्यालय यो घटनाले थप बिबादित बनेको छ ।

हालको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १७ (साविकको मर्नहवा गाविस वडा नं ५) मा रहेको जगत बहादुर महत्तोको ९ कठ्ठा जग्गा मध्ये २०५५ सालदेखि २०७५ पुष २० गतेसम्म पटक–पटक गरी २ कठठ जग्गा बिक्री भईसके पनि सिमरा मालपोतले हालसम्म बिकी भएको जग्गा नघटाई पुरानै कित्ताकाटका आधारमा बिक्री गरेको भेटिएको प्रशासनले जनाएको छ ।

मालपोत कार्यालय सिमराले आफ्नो मोठ (जग्गाधनि दर्ता श्रेस्ता) मा बिक्री भएर बँकी रहेको नयाँ कित्ताकाट ७ कठ्ठा कायम राख्नुपर्नेमा लेखापढिसंगको मिलेमतोमा पुरानै कित्ताकाट कायम राखेको देखिएको छ । मालपोत कार्यालयले लेखापढी व्यवसायी र जग्गा कारोवारी गगनदेव शाह तेलीसंग मिलेर सो जग्गा बिक्री गरेको देखिएकाले तत्काल अनुसन्धान गरी कारर्वाही प्रक्रिया अगाडी बढाउन प्रशासन कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडालाई पत्र पठाएको छ ।

यस बिषयमा थप जानकारी दिदै बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले मालपोत कार्यालय सिमराको गतिविधि थप शंकास्पद देखिदै गएकोभन्दै छानविनको लागी अख्तियारलाई पत्राचार गरिएको जानकारी दिनुभयो । यस बिषयमा हामीले मालपोत कार्यालय सिमराका प्रमुख मदन गुप्तासंग कुराकानी गर्न खोज्दा उहाको फोन लागेन् ।

यसअघि केहिदिन अघि मात्रै प्रहरीले किर्ते कागज बनाउने एउटा समुहलाई मालपोत कार्यालय आसपासबाटै पक्राउ गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*