भोलिदेखि शुरु हुने दोश्रो जीतपुर मेलाको सम्पुर्ण तयारी पुरा
ए वान डेस्क /
बाराको जीतपुरमा हुन लागेको दोश्रो जीतपुर बृहत खेलकुद, साँस्कृतिक एवं व्यापार मेलाको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजक व्यापार मेला समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी तयारी बारे जानकारी दिएको हो ।
भोलिदेखि शुरु हुने व्यापार मेला चैत्र ३ गतेसम्म चल्नेछ । मेलामा १२५ वटा स्टल रहने आयोजकले जनाएको छ ।
एम्बुलेन्स खरिद गर्ने उदेश्यका साथ आयोजना गर्न लागिएको व्यापार मेलामा जगदम्बा ईन्टरप्राईजेज मुख्य प्रायोजक रहेको मुल आयोजक समारोह समितिका संयोजक शक्ति गुप्ताले जानकारी दिनुभयो । उहाका अनुसार सह प्रायोजकमा जगदम्बा स्टिल रहेको छ ।
मेलालाई सफल बनाउन बिभिन्न उप समिति गठन गरिएकोभन्दै मेलालाई भब्य र सब्य रुपमा सफल बनाउन सबैको भुमिका महत्वपुर्ण हुने संयोजक गुप्ताले बताउनुभयो । कुल ६३ लाख ५० हजारको लागतमा हुन लागेको व्यापार मेलामा उद्योग प्रतिष्ठानका उत्पादित सामग्रीहरु, व्यवसायिक बस्तुहरु, ईलेक्ट्रीक तथा ईलेक्ट्रोनिक्स बस्तुहरु, अटोमोबाईल तथा सवारी साधन, सुचना तथा प्रबिधिको प्रदर्शनी, बिभिन्न जातजाती तथा समुदायको साँस्कृतिक झाँकी, ख्याती प्राप्त खेलाडीहरुको सहभागितामा प्रतियोगितात्मक खेल, बाल उद्यान, बिभिन्न मनोरञ्जनात्मक खेलकासाथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुती देखाउनेछन् ।
मेला अवधि भर शान्ति सुरक्षा कायम गर्न ब्यापक रुपमा सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरिने मेला समितीका कोषाध्यक्ष प्रिन्स गुप्ताले बताउनुभयो । पत्रकार सम्मेलनमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ का वडा अध्यक्ष रामबाबु गुप्ताको बिशेष उपस्थित रहेको थियो ।
मेला समितीका अध्यक्ष शक्ति गुप्ताको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा मेला समितीका उपाध्यक्ष मोतिआलम अंसारी, रञ्जना झा, मेला समितीका निवर्तमान अध्यक्ष मनोज साह लगाएतको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनको सञ्चालन प्रेस संयोजक रञ्जन यादबले गर्नुभएको थियो ।















