२ किलो सुन र चाँदीका भाँडासहित दुईजना पक्राउ

ए वान डेस्क
२३ फाल्गुन २०७५, बिहीबार १३:०६

कैलाली प्रहरीले सुन र चाँदीका सरसामानसहित दुईजनालाई पक्राउ गरेको छ ।

लम्की चुहा नगरपालिका-३ चिसापानी प्रहरी चेक पोष्टमा सवारी जाँचका क्रममा २ किलो २३२ ग्राम सुनसहित धनगढी उपमहानगरपालिका-१ का ४५ वर्षीय रमेशकुमार सैजु र कैलारी गाउँपालिका-५ की २५ वर्षीय सीताकुमारी चौधरीलाई कारमा आइरहेको अवस्थामा प्रकाउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उनीहरुको साथबाट बा१च ७४१३ नम्बरको कारसहित चाँदीको करुवा १० वटा, चाँदीकै बडर भएको काठको फ्रेम ४३, टिकादानी १२, चाँदीको सतपाला ७, चाँदीको आचमनी र पञ्चपाक ३२/३२ थान, १८ वटा नगसहितको औठी र तीन थान मोवाइल बरामद गरेको छ ।

पक्राउ परेका दुबैजनालाई बरामद सामानसहित थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान विभाग मध्य तथा सुदूरपश्चिमाञ्चल कार्यालय कोहलपुर पठाइने प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*