रोल्पामा दुईवटा सकेट बम भेटिए

ए वान डेस्क
२३ फाल्गुन २०७५, बिहीबार १६:३६

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राप्ती बन्द गरेकै दिन बिहीबार रोल्पाको त्रिवेणी गाउँपालिकाको कार्यालय नजिकै दुईवटा सकेट बम फेला परेको छ ।

जुगारमा रहेको कार्यालयको दक्षिणी पर्खालदेखि २० मिटर टाढा कालो पोलिथिनमा दुईवटा बम फेला परेको प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा प्रहरी पुगेको र बम डिस्पोजका लागि नेपाली सेनासँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले जानकारी दिनुभयो ।

मंगलवार राति पर्खालभित्र रहेको गाडी तोडफोड भएको थियो । उक्त गाडी तोडफोड गर्ने समूहले नै बम राखेको हुनसक्ने अनुमान गरिएको गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले बताउनुभयो ।

बम फेला परेपछि जनप्रनिधि र स्थानीय त्रासमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*