बारामा अबैधानीक रुपमा औषधी पसल सञ्चालनमा, कारर्वाही प्रक्रिया अघि बढाउन निर्देशन
बाराको महागढिमाई नगरपालिकाभित्र रहेका अधिकासं औषधी पसलहरु अबैधानीक रुपमा सञ्चालन भईरहेको पाईएको छ । जिल्ला प्रशासन कार्यालयय बाराले गरेको अनुगमनका क्रममा महागढिमाईको बरियापुर क्षेत्रमा औषधी पसलहरु अबैधानीक रहेको पाईएको हो ।
जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकिय अधिकृत मुरारी कार्कीको नेतृत्वमा खटिएको ३ सदस्यिय टोलिले बरियारपुर क्षेत्रमा नियम बिपरित औषधी पसल सञ्चालनमा रहेको प्रतिवेदन आज बाराका प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन् । प्रतिवेदन बुझ्दै बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले अबैधानीक रुपमा सञ्चालनमा रहेका औषधी पसलहरु तत्काल नसच्चिए कारवार्ही प्रक्रिया अघि बढाउन कार्की नेतृत्वको टोलिलाई निर्देशन दिनुभएको छ ।
प्रतिवेदनमा बरियारपुर क्षेत्रमा औषधी पसलहरु विना दर्ता र योग्यता नभएका व्यक्तिहरुले औषधी बिक्रि वितरण गरिरहेको उल्लेख छ ।
प्रशासनले कुन–कुन औषधी पसलमा गर्यो त अनुगमन ?

















