साना किसान डुमरवानामा विश्वनाथ लामिछाने भए अध्यक्ष, यस्तो छ नया कार्य समिति
ए वान डेस्क /
साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाको अध्यक्षमा विश्वनाथ लामिछाने चयन हुनुभएको छ । जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर १४ मा आयोजित संस्थाको २२औ अधिवेशनसहितको साधारण सभाबाट अध्यक्षमा लामिछाने चयन हुनुभएको हो ।
सर्वसम्मत रुपमा चयन भएको सञ्चालक समितिको उपाध्यक्षमा टिका मैनाली चयन हुनुभएको छ । संस्थाको सचिव र कोषाध्यक्ष पद भने खाली नै राखिएको छ ।
प्राप्त जानकारी अनुसार नया सञ्चालक समितिको पहिलो बैठकले सचिव र कोषाध्यक्ष चयन गर्नेछ । नव गठित सञ्चालक समितिको सदस्यहरुमा प्रदिप सिंह बराल, सिताराम लामिछाने, नन्देश्वर चौधरी, बिष्णु कुमार श्रेष्ठ, सरस्वती तिमल्सिना, शान्ति तामाङ, मिना देवी चौधरी, भावना माया लामा चयन हुनुभएको निर्वाचन कमिटिका संयोजक राधेश्याम सिवाकोटिले जानकारी दिनुभयो ।















