साना किसान डुमरवानामा साधारण सभाको बिजोग : आज दिनभरी के के भयो ?

ए वान डेस्क
२६ फाल्गुन २०७५, आईतवार २२:०८

प्रदिप गौतम /

निकै लामो बिबादपछि साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाको साधारण सभा गर्ने मिति तय भयो । अधिवेशनसहितको साधारण सभा गर्ने मिति अध्यक्ष शिव अधिकारी नेतृत्वको सञ्चालक समितिले फागुन २६ गतेको लागी तोक्यो । अधिवेशनसहितको साधारणसभा हुने भएपछि डुमरवानासहित सबै सेवा केन्द्रहरुले धमाधम प्रतिनिधि चयन गर्ने काम गरे ।

प्रतिनिधि चयनको काम सकिए लगत्तै सञ्चालक चयन गर्ने काम भयो । अन्ततः पाच वटा सेवा केन्द्रबाट १३ जना सञ्चालकको टुंगो लाग्यो । साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाको फागुन २६ गतेको अधिवेशनसहितको साधारण सभाले नया कार्य समिति चयन गर्ने कार्यक्रम थियो ।

अधिवेशनसहितको साधारण सभा हुने अघिल्लो दिन सिमरा सेवा केन्द्रले डुमरवानाबाट अलग हुने निर्णय गर्यो । जुन बिषय यसअघि नै पटक पटक उठिसकेको थियो । अधिवेशनसहितको साधारणसभामा सिमरा सेवा केन्द्र डुमरवानाबाट अलग हुने प्रस्ताव पेश गर्ने तयारीमा थियो ।

त्यसपछि ……

उद्घाटन कार्यक्रम

२२औ अधिवेशनसहितको साधारणसभाको उद्घाटन बारा क्षेत्र नम्बर ३ क की प्रदेशसभा सदस्य ज्वाला कुमारी साहले गर्नुभएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे साहले कृषि क्षेत्रको विकास गर्न स्थानीय तह गंभिर हुनुपर्ने बताउनुभयो । कृषि क्षेत्रको चौतर्फि विकास गर्न बिशेष योजना ल्याउनुपर्नेभन्दै उहाले आधुनिक ढंगले कृषि पेशा गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्माले साना किसान डुमरवानाको कार्य निकै प्रशंसनीय रहेकोभन्दै आगामी दिनमा पनि बिशेष योजनाका साथ अघि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य सिता गुरुङ, जीतपुरसिमरा उप–महानगरपालिकाकी उप–प्रमुख सरस्वती चौधरी, वडा नम्बर १४ का वडा अध्यक्ष रामशरण बर्तौला, १५ का अध्यक्ष राम प्रसाद लामिछाने, १६ का अध्यक्ष केदार बजगाई लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष शिव अधिकारीको अध्यक्ष्ँतामा सम्पन्न भएको थियो । संस्थाका सचिव किशोर शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष कमला अधिकारीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

प्रतिवेदन पेश

अधिवेशनसहितको साधारण सभामा बार्षिक प्रतिवेदन पेश गर्ने समय आयो । बार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष शिव अधिकारी पेश गरे । अधिकारीले बार्षिक प्रतिवेदन पेश गरे लगत्तै सेयर सदस्यहरु प्रतिवेदनविरुद्ध जाईलागे । अध्यक्ष शिव अधिकारीले पेश गरेको प्रतिवेदनमा अदालतमा भएको खर्च, प्रतिवेदनमा हस्ताक्षर नभएको, सिमरा सेवा केन्द्रमा भएको खर्च जस्ता विविधि बिषयलाई लिएर सेयर सदस्यहरुले विरोध गर्न थाले ।

साधारणसभा स्थलमा सेयर सदस्यहरुले झन्डै आधा घण्टा विरोध गरे । त्यहा विरोध मात्र भएन् सेयर सदस्यहरुबिच नै प्रतिवेदनलाई लिएर हात हालाहालको स्थित शिर्जना भयो । सिमरा सेवा केन्द्रका सेयर सदस्यहरु एकाथरी कुरा गर्दे थिए भने अन्य सेवा केन्द्रका सेयर सदस्यहरु अर्कोथरी ।

विवाद बढ्दै जादा केहि सेयर सदस्यहरुले त कुर्सी फालाफाल समेत गर्न थले ।

https://www.youtube.com/watch?v=CIL_tTfycYs&t=154s

साधारण सभा बहिस्कार

विवादकै बिच साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवाना अन्र्तगतको सिमरा सेवा केन्द्रले साधारण सभा बहिस्कारको घोषणा गर्यो । आफुहरु डुमरवानाबाट अलग हुन चाहेकोभन्दै सिमरा सेवा केन्द्रका सेयर सदस्यहरुले साधारण सभा बहिस्कारको घोषणा गरेका हुन् । साधारण सभा बहिस्कार गरेका सेयर सदस्यहरु केहिबेर कार्यक्रम स्थल बाहिर बसे ।

सिमरा सेवा केन्द्रकी संयोजक कमला अधिकारीले डुमरवानासंग मिलेर बस्नुको कुनै औचित्य नभएको बताउनुभयो । साधारण सभा बहिस्कार गरेर बाहिरिने क्रममा ए वान समाचारसंग कुरागर्दे उहाले भन्नुभयो ‘अब हामी कुनै पनि हालतमा डुमरवानासंग मिल्दैनौ, अब साधारण सभा पनि बहिस्कार छौ’ ।

साधारण सभाको बिजोग

साधारण सभा स्थलमा सेयर सदस्यहरुले प्रतिवेदनको बिषयलाई लिएर झन्डै आधा घण्टा विवाद गरे । दुई धुर्वमा बाढिएका सेयर सदस्यहरु कार्यक्रम स्थलमा आ–आफ्नो तर्क राख्न थाले । केहि माईक खोस्दै बोल्दै थिए, भने केहि कुर्सी फाल्दै उफ्रिन थाले ।

साधारण सभाको उद्घाटन कार्यक्रममा उपस्थित भएका अतिथिहरु भने सेयर सदस्यहरुको रमिता हेरेर बसे । लामो समय रमिता हेरेर बसेका अतिथिहरुलाई पनि दिक्क लागेपछि क्रमश बाहिरिन थाले । अतिथिहरु पनि कोहि सेयर सदस्यहरुलाई सम्झाउदै थिए, त कोहि संस्थाका पदाधिकारीहरुलाई ।

झन्डै आधा घण्टा विजोग हेरेपछि एक जना सहकारीकर्मीले नाम नखुलाउने शर्तमा ए वान समाचारसंग भने ‘यस्तो रमिता मैले अहिलेसम्म हेरेको थिईन्, लाजमर्दो अवस्था शिर्जना हुनु निकै दुखको कुरा हो’ ।

नया कार्य समिति

लामै समय विवाद अन्त्य नभएपछि निर्वाचन कमिटिले आफ्नो काम अघि बढायो । सोही आधारमा निर्वाचन कमिटिले केहि बेरमै कार्यसमितिको नाम सार्वजनीक गर्यो । जसको अध्यक्षमा विश्वनाम लामिछाने चयन हुनुभयो । उपाध्यक्षमा सिता मैनाली चयन हुनुभएको छ । सचिव र कोषाध्यक्ष भने खालि राखिएको छ ।

नया कार्यसमितिको नाम सार्वजनीक गर्दे निर्वाचन कमिटिका संयोजक राधेश्याम सिवाकोटिले नया सञ्चालक समितिको पहिलो बैठकले सचिव र कोषाध्यक्ष चयन गर्ने बताउनुभयो । सदस्यहरुमा प्रदिप सिंह बराल, सिताराम लामिछाने, नन्देश्वर चौधरी, बिष्णु कुमार श्रेष्ठ, सरस्वती तिमल्सिना, शान्ति तामाङ, मिना देवी चौधरी चयन हुनुभएको संयोजक सिवाकोटिले बताउनुभयो ।

अधिवेशनसहितको साधारण सभाबाट ९ जनाको टुंगो लागेपनि ४ जनाले भने अधिवेशन बहिस्कार नै गरे । यसरी बहिस्कार गर्नेमा कमला अधिकारीसहित सिमरा सेवा केन्द्रका ३ जना र निजगढकी धनमाया लामा रहनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*