जनता आवास कार्यक्रम : प्रदेश २ मा दलित समुदाय प्राथमिकतामा

ए वान डेस्क
२७ फाल्गुन २०७५, सोमबार १६:४९

प्रदेश २ को सरकारले ‘जनता आवास कार्यक्रम’ मा तराई मधेसका चारवटा दलित विपन्न जातिलाई प्राथमिकता दिने भएको छ । डोम, मुसहर, मेस्तर र हलखोर जातिलाई प्रथामिकता दिन लागेको हो ।

‘जनता आवास कार्यक्रम’ प्रदेश सरकारको भौतिक विकास मन्त्रालय अन्तर्गत सञ्चालन हुने भएपछि आठवटै जिल्लामा जिल्लास्तरीय समिति गठन गरेर काम अघि बढाइएको छ ।

वीरगञ्जमा जनता आवास कार्यक्रमको कार्यालय उद्घाटन गर्दै भौतिक विकासमन्त्री जितेन्द्र सोनलले डोम, मुसहर, मेस्तर र हलखोर जाति प्रदेश २ का महादलित, महाविपन्न भूमिहीन समुदाय रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*