साना किसान सिमराले पत्रकार सम्मेलन गर्दै भन्यो : ‘अब अत्ति भयो, हामी दुधौरा पारी जादैनौ’ (भिडियोसहित)
ए वान डेस्क /
अधिवेशनसहितको साधारण सभा बहिस्कार गरेको २४ घण्टा नबित्दै साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवाना अन्र्तगतको सिमरा सेवा केन्द्रले आज पत्रकार सम्मेलनको आयोजना गरेको छ । पत्रकार सम्मेनमा आफ्ना असन्तुष्टिहरु राख्दै सिमरा सेवा केन्द्रले डुमरवानाबाट अलग हुने निर्णय आफुहरुले गरेको बताएको छ ।
हिजोको साधारण सभामा डुमरवानाले सिमरा सेवा केन्द्रमाथि अभद्र व्यवहार देखाएकोभन्दै सिमरा सेवा केन्द्रकी निवर्तमान संयोजक कमला अधिकारीले डुमरवानासंग अब सिमराको कुनै सम्बन्धमा नरहेको बताउनुभयो । साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाले सेयर सदस्य अनुरुप सिमरालाई सञ्चालक नदिनु, पुरुषहरु हाबी भएर महिलालाई नेतृत्व गर्न नदिनु लगायतका बिभिन्न कारण देखाउदै आफु अनुकुल निर्णय डुमरवानाले गर्न थालेको उहाले आरोप लगाउनुभयो ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानामा महिला हिसां भईरहेकोभन्दै उहाले भन्नुभयो ‘अब त अत्ति भयो, अबदेखि हामी दुधौरा पारी जादैनौ’ ।
हेर्नुहोस् पत्रकार सम्मेलनको भिडियो
https://youtu.be/FWOmwMEMmyY















