साना किसान डुमरवानाले पत्रकार सम्मेलन गर्दे भन्यो ‘चित्त नबुझेको कुरा छलफलमा राख्नुहोस्’

ए वान डेस्क
२८ फाल्गुन २०७५, मंगलवार १९:४८

ए वान डेस्क /

साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाले छलफलको माद्यमबाट समस्याको समाधान खोज्न सिमरा सेवा केन्द्रलाई आग्रह गरेको छ । संस्थाको कार्यालय परिषरमा आज पत्रकार सम्मेलनको आयोजना गर्दे डुमरवानाले छलफलको माद्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाका अध्यक्ष विश्वनाथ लामिछानेले चित्त नबुझेको कुरा संवादमार्फत हल गर्न सकिने भन्दै फुटेर समस्याको समाधान नहुने बताउनुभयो । ‘चित्त नबुझेको कुरा राख्न पाईन्छ, तर हो–हल्ला गरेर भन्दा छलफल गरेर गर्नु राम्रो हुन्छ’ पत्रकार सम्मेलमा अध्यक्ष लामिछानेले भन्नुभयो ।

सिमरा सेवा केन्द्र सेयर सदस्यहरुलाई सेवा दिन मात्र खोलिएकोभन्दै उहाले बाहिर हल्ला आए जस्तो सिमरा सेवा केन्द्र्रको कारोवार नरोकिएको बताउनुभयो । ‘सिमरा सेवा केन्द्र मुल संस्था अन्र्तगतको एउटा सेवा केन्द्र मात्र हो, त्यसकारण सिमरा सेवा केन्द्र नै सर्वपरि हो भन्नुचाहि गलत हो’ उहाले भन्नुभयो ।

सिमरा सेवा केन्द्रसंग जतिसक्दो चाडो छलफल गर्नेभन्दै उहाले भन्नुभयो ‘गुनासो राख्न पाईन्छ, तर नियमसंगत रुपमा गुनासो राख्नुपर्छ’ । ८औ तहको बिज्ञापनको बिषयमा चाहि अब के हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष लामिछानेले संस्थाले आवश्यक ठाने प्रक्रिया अघि बढ्ने बताउनुभयो । ‘८औ तहको कर्मचारीको बिषयमा अहिले खासै निर्णय भएको छैन्, यदी संस्थाले आवश्यक ठान्यो भने हामी प्रक्रिया अघि बढाउछौ’ अध्यक्ष लामिछानेले भन्नुभयो ।

संस्थाका अध्यक्ष विश्वनाथ लामिछानेको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा संस्थाका मुख्य प्रबन्धक नारायण क्षत्री लगायत नव नियुक्त सञ्चालक सदस्यहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*