साना किसान डुमरवानाको पहिलो बैठकमा ‘अधिवेशनको समिक्षा’

ए वान डेस्क
२८ फाल्गुन २०७५, मंगलवार २०:१६

ए वान डेस्क /

साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाको सञ्चालक समितिको पहिलो बैठक आज सम्पन्न भएको छ । संस्थाको सभाहलमा अघि साझ सम्पन्न सञ्चालक समितिको पहिलो बैठकले बिभिन्न निर्णय गरेको छ ।

२२औ अधिवेशनसहितको साधारण सभाको बृहत समिक्षा गर्दे संस्थाको सभाहलमा सम्पन्न पहिलो बैठकले संस्थाको स्थापना दिवस भब्य रुपमा मनाउने निर्णय गरेको हो । बैठकले यही चैत्र ४ गते संस्थाको स्थापना दिवस भब्य रुपमा मनाउने निर्णय गरेको संस्थाका अध्यक्ष विश्वनाथ लामिछानेले जानकारी दिनुभयो ।

बैठकमा २२औ अधिवेशनसहितको साधारण सभाको बिषयमा बृहत समिक्षा भएको थियो । आफ्ना असन्तुष्टि राख्दै साधारण सभा स्थलबाट बाहिरिएको सिमरा सेवा केन्द्रलाई छलफलमा बोलाउने निर्णय भएकोभन्दै अध्यक्ष लामिछानेले बैठकमा अधिवेशनको बिषयमा बृहत छलफल भएको बताउनुभयो ।

‘आजको बैठकमा अधिवेशनसहितको साधारण सभाको बिषयमा बृहत छलफल भयो, अधिवेशन सभ्य र भब्य रुपमा सफल बनाउन सहयोग पुर्याउने सबैलाई हामी धन्यवाद दिन चाहन्छौ’ अध्यक्ष लामिछानेले भन्नुभयो । कुन कुन बिषयमा समिक्षा भयो भन्ने बिषयमा चही अध्यक्ष लामिछानेले बोल्नु भएन् ।

‘बैठकमा अधिवेशनको बिषयमा छलफल भएको थियो, अनि बिभिन्न निर्णय पनि भएको छ’ बैठकपछि संस्थाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लामिछानेले भन्नुभयो । बैठकमा अध्यक्ष, उपाध्यक्षसहित १० जना सञ्चालक समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

साधारण सभा बहिस्कार गरेको हिडेको सिमरा सेवा केन्द्रका ३ जना सञ्चालक समिति सदस्यहरु भने बैठकमा उपस्थित थिएनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*