अमलेखगञ्जमा अपाङ्गता सम्बन्धी एक दिने अन्र्तक्रिया सम्पन्न

ए वान डेस्क
२९ फाल्गुन २०७५, बुधबार १६:१५

ए वान डेस्क /

बाराको अमलेखगञ्जमा अपाङ्गगता सम्बन्धी एक दिने अन्र्तक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । वडा नम्बर २१ को वडा कार्यालयमा आयोजित अन्र्तक्रिया कार्यक्रमको जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले उद्घाटन गर्नुभएको थियो ।

अन्र्तक्रिया कार्यक्रममा बोल्दै जीतपुरसिमरा उ–महानगरपालिकाका नगर प्रमुख डा. पौडेलले अपाङ्गता भएका व्यक्तिको जिवन स्तर उकास्न उप–महानगरपालिकाले बिशेष योजना ल्याउने तयारी गरिरहेको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुलाई समाजमा हेर्न दृष्टिकोणमा अझैपनि परिवर्तन आउन नसकेको उहाले बताउनुभयो ।

कार्यक्रममा बोल्दै जीतपुरसिमरा उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाई, वडा नम्बर २२ का वडा अध्यक्ष मणिकलाल थिङ्ग, नेपाल अपाङ्ग सेवा संघ बाराका अध्यक्ष धन प्रसाद बजगाई, सामाजिक विकास शाखा प्रमुख सोभा कार्की, कार्यपालिका सदस्य सुभद्रा न्यौपाने, समाजसेवी लक्ष्मि श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । अन्र्तक्रिया कार्यक्रम वडा नम्बर २१ का वडा अध्यक्ष कृष्ण ठकुरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

अन्र्तक्रिया कार्यक्रममा सहभागि भएकाहरुलाई नेपाल अपाङ्ग सेवा संघ बाराका अध्यक्ष धन प्रसाद बजगाईले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको आयोजना परिवर्तनका लागी महिला संस्थाले गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*