शारीरिक सम्पर्कका लागि महिलालाइ दबाब दिएको आरोपमा बारामा उपमेयरका श्रीमान पक्राउ

ए वान डेस्क
२९ फाल्गुन २०७५, बुधबार १९:२८

एक महिलालाइ फोनबाट अश्लील शव्द प्रयोग गरि शारीरिक सम्पर्कका लागि होटलमा बोलाएको आरोपमा एकजनालाई प्रहरीले निजगढबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ खजानी बस्ने ३९ बर्षिय जयन्त कुश्वाहा रहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

पक्राउ परेका कुश्वाहा सिम्रौनगढ नगरपालिकाकि उपमेयर रिना कुशवाहाको श्रीमान रहेको प्रहरीको भनाइ छ । कुशवाहालाई पीडित महिलाको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । पीडित महिलाले प्रहरीलाई सुचना दिई कुशवाहासङ्ग बुधबार निजगढमा भेट्ने योजना बनाएको प्रहरीको भनाइ छ । कुशवाहाले पीडित महिलालाई करिब एक महिना अघि देखि आर्थिक प्रलोभन देखाइ फोन मार्फत शारीरिक सम्पर्कका लागि दबाब दिदै आएको प्रहरीले बताएको छ ।

निजगढस्थित गुरुङ होटेलबाट साझ ५:३० बजे प्रहरीले पक्राउ गरि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी नायब निरीक्षक देवकीलाल चौधरीले जानकारी दिए ।
हेडलाईन खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*