मृगौला दिवसमा प्रधानमन्त्री ओलीको पैदलयात्रा

ए वान डेस्क
३० फाल्गुन २०७५, बिहीबार १२:३३

विश्व मृगौला दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल (पीएसआरएन) र स्वतन्त्र विद्यार्थी युनियनले आज बिहान शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् । ।

कार्यक्रमका आयोजकसँगै पैदलयात्रा गरेर प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्नेमा जोड दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली आफै मृगौला रोगी हुन् । उनको मृगौला प्रत्यारोपण गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*