जीतपुर मेलामा आज ज्योति मगर आउने
ए वान डेस्क /
बाराको जीतपुरमा जारी बृहत जीतपुर खेलकुल, सास्कृतिक एवं व्यापार मेला २०७५ मा नेपालकी चर्चित गायिका ज्योति मगरले आज आफ्नो प्रस्तुती देखाउने भएकी छिन् । आयोजक मुल समारोह समितिका संयोजक शक्ति गुप्ताले दिनुभएको जानकारी अनुसार आज चर्चित गायिका मगरले आफ्नो प्रस्तुती देखाउने भएकी हुन् ।
गायिका मगरसंगै आज चर्चित लोक दोहोरी गायक ढाकाराम पौडेल, गायक प्रदिप त्रिपाठी लगायतले पनि आफ्नो प्रस्तुती देखाउने संयोजक गुप्ताले बताउनुभयो । मेलामा आज स्थानीय कलाकारहरुले पनि आफ्नो प्रस्तुती देखाउने कार्यक्रम छ ।
फागुन २६ गतेदेखि शुरु भएको जीतपुर मेला चैत्र ३ गतेसम्म चल्नेछ । मेला समापनको अघिल्लो दिन अर्थात चैत्र २ गते नेपालका चर्चित र्यापर भिटेन आउने आयोजकले बताएको छ ।















