सिमराको उपहार ईलेक्ट्रोनिक्स १३औ बर्षमा प्रवेश
ए वान डेस्क /
बाराको सिमरामा रहेको उपचार ईलेक्ट्रोनिक्स १३औ बर्षमा प्रवेश गरेको छ । सिमराका सफल युवा व्यवसायी थिर बहादुर श्रेष्ठको लगानीमा सिमराको एयरपोर्ट रोडमा सञ्चालित उपहार ईलेक्ट्रोनिक्स १३औ बर्षमा प्रवेश गरेको हो ।
१३ बर्ष प्रवेश गरेको उपलक्ष्यमा उपहार ईलेक्ट्रोनिक्सले बिशेष छुटको व्यवस्था गरेको जनाएको छ । उपहार ईलेक्ट्रोनिक्सका सञ्चालक थिर बहादुर श्रेष्ठले १३औ बर्ष प्रवेशको उपलक्ष्यमा हरेक सामान खरिद गर्दा २० प्रतिशत छुटको व्यवस्था गरिएको बताउनुभयो ।
रि ओपनिङ्गको अवसरमा उपहार ईलेक्ट्रोनिक्सले आफ्ना ग्राहकहरुलाई २० प्रतिशत छुटको व्यवस्था गरेको उहाले बताउनुभयो । १३औ बर्ष प्रवेशको अवसरमा उपहार ईलेक्ट्रोनिक्सले पत्रकार भेटघाट कार्यक्रम पनि गरेको छ । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सञ्चालक श्रेष्ठले उपहार ईलेक्टोनिक्स सामाजिक क्षेत्रमा पनि सक्रिय रहेको बताउनुभयो ।
सामाजिक उत्तरदायित्व कायम राख्न उपहार सधै अग्रसर रहेकोभन्दै उहाले व्यवसायी जिवनमा प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
https://youtu.be/7eEvly8JESg















