नागरिक लगानी कोषको १३ प्रतिशत शेयर बेच्दै राष्ट्र बैंक, अब के होला

ए वान डेस्क
५ चैत्र २०७५, मंगलवार १३:०४

नेपाल राष्ट्र बैंकको १३ प्रतिशत स्वामित्व रहेको नागरिक लगानी कोषको स्वामित्वबाट नेपाल राष्ट्र बैंक बाहिरिने भएको छ ।

बैंकले कोषको स्वामित्वबाट बाहिरिने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले नागरिक लगानी कोषबाट राष्ट्र बैंक बाहिरिएको बताउँदा नेपाल राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल राष्ट्र बैंक बाहिरिने प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै त्यो अवस्थाका लाथि तयार रहन कोषलाई सुझाव दिएका छन् ।

शेयर स्वामित्वबाट बाहिरिए पनि कोषको नियामकीय अधिकार राष्ट्र बैंकलाई दिन भने अर्थमन्त्री सकारात्मक देखिएका छन् । कर्मचारी सञ्जय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष जस्ता गैरबैंकिङ वित्तीय संस्थाको नियमन गर्ने अधिकार माग गरेको नेपाल राष्ट्र बैंकको प्रस्तावप्रति अर्थमन्त्री सकारात्मक देखिएका हुन् ।

अर्थमन्त्री खतिवडाले ती कोषहरुको प्रभावकारी नियमनका लागि राष्ट्र बैंकलाई जिम्मा दिने सम्बन्धमा छलफल भइरहेको र यसमा मन्त्रालय सकारात्मक रहेको जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*