होलिको पुर्व संध्यामा सिमरामा जनचेतनामुलक र्याली

ए वान डेस्क
५ चैत्र २०७५, मंगलवार १३:३५

ए वान डेस्क /

होलिको पुर्व संध्यामा बाराको सिमरामा आज बिहान जनचेतनामुलक र्याली निकालिएको छ । ईलाका प्रहरी कार्यालय सिमरा र सिमरा फाउण्डेशनको संयुक्त आयोजनामा आज बिहान जनचेतनामुलक र्याली निकालिएको हो ।

ईलाका प्र्रहरी कार्यालयबाट निस्किएको र्यालीले सिमरा बजार परिक्रमा गरेको थियो । र्यालीपछि सिमरा चोकमा आयोजित कोणसभामा बोल्दै सरोकारवालाहरुले सभ्य रुपमा होलि खेल्नुपर्नेमा जोड दिएका छन् ।

रंगहरुको पर्व होलिको अवसरमा शुभकामना आदान प्रदान गर्दे उनीहरुले एक आपसमा भाईचाराको सम्बन्ध स्थापना गर्दे होलि खेल्नुपर्ने बताए । सोही अवसरमा सभ्य रुपमा होलि खेल्न सबैलाई आग्रह गर्दे पर्चासमेत बाडिएको थियो ।

सो कार्यक्रमको ईभेन्ट व्यवस्थापन हाम्रो समन क्याम्प सिमराले गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*