होली मनाउन प्रदेश २ मा दुई दिन सार्वजनिक बिदा

ए वान डेस्क
६ चैत्र २०७५, बुधबार ११:२०

प्रदेश २ सरकारले होलीको अवसरमा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेश मन्त्रिपरिषद् बैठकले चैत ७ र ८ गते २ दिन प्रदेशभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पहाडी जिल्लामा यस वर्ष बुधबार होली मनाइए पनि तराई तथा मधेसका जिल्लामा भोलि र पर्सि होली मनाइँदै छ । त्यही अनुसार, २ दिन सार्वजनिक छुट्टी दिने निर्णय गरेको प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

संघीय सरकारले भने होलीका अवसरमा १ दिन मात्र सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा आज होली मनाइने भएकाले त्यसैअनुरुप छुट्टी दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*