मौसममा आंशिक बदली

ए वान डेस्क
६ चैत्र २०७५, बुधबार १३:३३

प्रिमनसुनको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली हँुदा आज पनि मुलुकका पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित छिटफुटदेखि हल्का वर्षा हुने देखिएको छ ।

दिउँसो घाम लाग्ने र साँझ पुनः बदली भई क्षणिक मेघ गर्जनसहित छिटफुट वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लामो समयसम्म ठूलो वर्षा भने नहुने तथा बिहीबार र शुक्रबार पनि मौसममा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*