बारामा हर्षोल्लासका साथ होलि मनाईदै
फोटो : सुनिल गाउलेको फेसबुकबाट
ए वान डेस्क /
रंगहरुको पर्व होलि बारामा धुमधामका साथ मनाईदैछ । पहाड र हिमाली क्षेत्रमा मनाइएको भोलीपल्ट तराईमा होली मनाउने गरिन्छ ।
जिल्लाको सिमरा, पथलैया, जीतपुर, अमलेखगञ्ज, निजगढ, परवानिपुर, कोल्हवी, कलैया लगायतका स्थानमा अबिर तथा रङ लगाई होली पर्व मनाँदै छ । होलिको अवसरमा बिभिन्न चोकमा साङ्गतिक कार्यक्रम समेत आयोजना गरिएको छ ।
होली पर्वलाई सदभावपुर्ण बनाउनका लागि जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लाका बिभिन्न ठाउमा बिहानैदेखि चेकिङ्ग गर्ने कार्यलाई पनि कडाई गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
कसैको इच्छा विपरित लोला हान्ने, रङ लगाउने, ट्राफिक नियमको उल्लंघन, मादक पदार्थ सेवन गरेर होहल्ला, झैझगडालगायत जस्ता क्रियाकलाप गर्नेहरुलाई पक्राउ गरी कारवाही गर्ने प्रहरीले जनाएको छ ।















