बडहर्वामा गिता पाठशालाको उद्घाटन

ए वान डेस्क
९ चैत्र २०७५, शनिबार १७:५५

ए वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १८ स्थित बडहर्वामा आज गिता पाठशालाको उद्घाटन गरिएको छ । ८३औ शिवरात्री पर्वको अवसरमा बडहर्वामा आज आयोजित एक कार्यक्रमकाबिच गिता पाठशालाको झण्डोतोलन एवं उद्घाटन गरिएको हो ।

पाठशालाको उद्घाटन जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष अर्जुन प्रसाद दाहालले गर्नुभएको हो । कार्यक्रममा पुर्व सासंद बलबिर चौधरी, समाजसेवी देवेन्द्र गिरि, गोपाल अग्रवाल, मनेन्द्र भाईजी लगायतको उपस्थिति रहेको थियो ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र कलैयाकी सञ्चालिका मिना दिदिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गंगा बहिनिले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*