सर्वोच्च अदालतमा शिशु स्याहार केन्द्र स्थापना

ए वान डेस्क
१० चैत्र २०७५, आईतवार १२:४४

सर्वोच्च अदालतमा नेपालको इतिहासमै पहिलो पटक शिशु स्याहार केन्द्र स्थापना गरिएको छ ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले आइतबार एक कार्यक्रमका बीच रामशाहपथस्थित सर्वोच्च अदालत परिसरमा स्थापना गरिएको शिशु स्याहार केन्द्रको उद्घाटन गरेका हुन् ।

सर्वोच्च अदालतका महिला कर्मचारीहरुलाई कार्यालयको कार्य सम्पादनमा सहजता ल्याउन तथा शिशुहरुको अधिकार हनन् हुन नदिने मूल्य उद्देश्यका साथ सो शिशु स्याहार केन्द्र स्थापना गरिएको सर्वोच्च अदालतकी शाखा अधिकृत अञ्जना सिम्खडा पुडासैनीले जानकारी दिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत सहयोगमा स्थापना गरिएको सो शिशु स्याहार केन्द्रमा सर्वोच्च अदालतका कर्मचारीहरुको शिशुहरुको कार्यालय समयसम्म स्याहार तथा हेरचाह गर्ने व्यवस्था गरिएको छ ।

कार्यालयका काम गर्ने उचित वातावरण निर्माण गर्न पनि कर्मचारीहरुको शिशुहरुको स्याहारका लागि सो केन्द्रको स्थापना गरिएको सर्वोच्च अदालतले जनाएको छ ।

सर्वोच्च अदालत परिसर भित्र स्थापना गरिएको सो स्याहार केन्द्रमा शिशुहरुका लागि आवश्यक खेलौना र श्रव्य दृष्य साग्रमीहरुको पनि व्यवस्था गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*