सिमरामा सामुदायिक बिद्यालयको भवन प्रयोग बिहिन, लाखौको संरचना अलपत्र (भिडियोसहित)

ए वान डेस्क
१० चैत्र २०७५, आईतवार १९:०१

प्रदिप गौतम /

बाराको सिमरामा रहेको नेपाल राष्ट्रिय माद्यामिक बिद्यालयको पुरानो भवन बषौदेखि प्रयोग बिहिन बन्दै गएको छ । सम्बन्धी निकायको उदासिन्ताका कारण सिमराको एयरपोर्ट रोडमा रहेको नेपाल राष्ट्रिय माद्यँमिक बिद्यालयको पुरानो भवन बषौदेखि प्रयोग बिहिन बन्दै गएको हो ।

बिद्यालयको भवन प्रयोग बिहिन बन्दा लाखौको संरचना अलपत्र अबस्थामा छ । व्यवस्थापन समितिसंगै सरोकारवाला निकायले ध्यान नदिदा अलपत्र लाखौको संरचना बिजोग अवस्थामा छ । लाखौं रकम खर्च गरेर बनाइएका भौतिक संरचनाको उपयोग र ब्याबस्थापनको बिषयमा नेपाल राष्ट्रिय माद्यामिक बिद्यालय सिमराका जिम्मेवार निकायले नै खासै चासो दिएको देखिदैन् ।

२०१४ सालमा स्थापना भएको बिद्यालयले सबैभन्दा पहिले प्राथमिक तहको अनुमति लिएर कक्षा शुरु गरेको थियो ।

वाणिज्यदेखि बिज्ञानसम्म

नेपाल राष्ट्रिय माद्यामिक बिद्यालय सिमरा २०१४ सालमा स्थापना भयो । त्यसबेला बिद्यालयले प्राथमिक तहको अनुमति लिएर कक्षा शुरु गरेको थियो । २०२८ सालमा निम्न माद्यामिक बिद्यायलको अनुमति लिएको बिद्यालयले ०४३ सालमा माद्यामिक बिद्यालयको अनुमति पायो ।

०५२ सालमा कक्षा ११ बाट वाणिज्य संकाय शुरु भएको थियो । लगत्तै ०५८ सालमा शिक्षासंकाय शुरु गरेको बिद्यालयले छोटो समय अर्थात ०६० सालमा मानविकि संकाय पठनपाठन शुरु गर्यो । त्यसको ८ बर्षपछि अर्थात ०६८ सालमा बिद्यालय बिज्ञान संकाय शुरु गर्न सफल भयो ।

पुरानो भवनको बिजोग

पुरानौ भवन भित्र अहिले जताततै फोहोरका डंगुरहरु भेटिन्छन । त्यतिमात्र हैन् पुरानो भवनभित्र चुरोटका ठुुटाहरु जथाभावि फालेको देख्न सकिन्छ । पुरानो भवन रातको समयमा युवा युवतीहरुको लागी गतिलो डेटिङ्ग प्वाईन्ट समेत बनेको छ ।

बर्षौ देखि बेबारिसे र अलपत्र अवस्थामा रहेको भवनभित्रै कतिपयले त सौच समेत गर्ने गरेका छन् । पुरानो भवन सार्बजनिक शौचालय बन्दा समेत कसैको पनि ध्यान गएको देखिदैन् ।

छिट्टै नया भवन बन्छ : अध्यक्ष

नेपाल राष्ट्रिय माद्यामिक बिद्यालय सिमराका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद गौतमले पुरानो भवनलाई भत्काएर छिट्टै नया भवन बनाईने बताउनुभएको छ । ए वान समाचारसंग कुरागर्दे उहाले भन्नुभयो ‘पुरानो भवन भत्काएर नया भवन बनाउने योजना छ, त्यो कार्य छिट्टै शुरु हुन्छ’ ।

पुरानो भवनमा नमुना बिद्यालयको योजना परेकोभन्दै उहाले योजना अनुरुप छिट्टै काम शुरु गर्ने बताउनुभयो । ‘हाम्रो बिद्यालय नमुनाको रुपमा छनोट भईसकेपछि हामीले पुरानो भवनलाई नया बनाउने तयारी गरेका छौ, त्यसैअनुसार प्रदेश तथा केन्द्रसंग बजेटको बिषयमा कुराकानी भईरहेको छ, आवश्यक बजेट बिनियोजन हुने बित्तिकै हामी काम शुरु गर्छौ’ उहाले भन्नुभयो ।

नया संरचना बन्छ : सिटौला 

बर्षौदेखि अलपत्र अवस्थामा रहेको पुरानो भवनमा नया संरचना बनाउने बिद्यालयको तयारी छ । प्रयोग बिहिन अवस्थामा रहेको भवनमा नया संरचना बनाउने तयारी भईरहेको बिद्यालयका सहायक प्रधानाध्यापक अच्युत देव सिटौलाले ए वान समाचारलाई जानकारी दिनुभयो ।

‘हामीले पुरानो भवनलाई नया बनाउने सोच बनाएका छौ, अब त्यहा ल्याब, प्राथमिक बिद्यालय, पुस्तकालय वा  छात्रावास के बनाउने भन्ने बिषयमा छलफल भईरहेको छ’ उहाले भन्नुभयो । नेपाल राष्ट्रिय माद्यामिक बिद्यालय नुमना बिद्यालयको रुपमा छनोट भईसकेपछि अतिरिक्त क्रियाकलापका लागी थप भवन आवश्यक पर्नेभन्दै उहाले पुरानै भवनलाई नया तरिकारले सञ्चालन गर्ने तयारीमा आफुहरु लागेको बताउनुभयो ।

‘अब पुरानै भवनलाई नया संरचना बनाउने हाम्रो तयारी छ, तर त्यसको लागी हामी अहिले छलफलकै क्रममा छौ’ उहाले भन्नुभयो ।

हेर्नुहोस् भिडियो

https://youtu.be/uvZ6txEympA

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*