दाइले सलाई खेल्दा जलेर बहिनीको मृत्यु

ए वान डेस्क
११ चैत्र २०७५, सोमबार ११:५७

दाङमा आगोमा परी एक बालिकाको ज्यान गएको छ। राप्ती गाउपालिका–१ बगाह सोतीका हिमाल रानाको १ महिनाकी छोरी संगिताको आगोले जली ज्यान गएको हो ।

घरमा हिमालका ३ वर्षीय छोरा अमितले सलाई कोरी खेल्नेक्रममा सुतिरहेकी संगिताको कपडामा आगो सल्किएर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । आगोले जली परि गम्भिर घाइते भएकी बालिकाको उपचारको क्रममा गएराति बुटवल प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ ।

यता गएराति नै विद्युतको तार सट हुँदा बंगलाचुली गाँउपालिका–८ झिम्डीका फनादर घर्तीको घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।आगलागीबाट घरमा रहेका अन्नपात, कपडा जलेर नष्ट भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*