निर्मला पन्त बलात्कार–हत्या प्रकरण : निलम्बित डीएसपी अदालत उपस्थित

ए वान डेस्क
११ चैत्र २०७५, सोमबार १२:४२

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का निलम्बित डीएसपी अंगुर जिसी अदालत उपस्थित भएका छन् ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको अनुसन्धानमा खटिएका डीएसपी जिसी आज जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका हुन् ।

जिल्ला अदालत कञ्चनपुरमा उनी लगायत ८ जनाविरुद्व प्रमाण नष्ट गरेको भन्दै मुद्दा परेसँगै डीएसपी जिसी त्यसैको बयान दिनका लागि अदालत उपस्थित भएका हुन् ।

यस्तै जिल्ला अदालतले आइतबार मात्रै पूर्वएसपी दिल्लीराज बिष्ट १० लाख धरौटीमा रिहा हुन आदेश दिएसँगै बिष्ट धरौटी तिरेर रिहा भइसकेका छन् ।

१३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या भएको थियो । गत साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो ।

सरकारले गत भदौ ७ गते उक्त घटनाको लागि एक विशेष छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको प्रतिवेदन बुझाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*