वडा नम्बर २ मा वडा सदस्यको कार्य बिभाजन, कसको काम के ?
ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २ मा ४ जना वडा सदस्यहरुको कार्य बिभाजना गरिएको छ । वडा समितिको माघ १५ गते बसेको बैठकले वडा सदस्यहरुको कार्य बिभाजना गरेको हो ।
वडा सदस्यहरुको ज्ञान र ईच्छाको आधारमा वडा समितिको बैठकले कार्य बिभाजना गरेको वडा नम्बर २ का वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठले ए वान समाचारलाई जानकारी दिनुभयो ।
कसको काम के ?
१. वडा अध्यक्ष : तिलक बहादुर श्रेष्ठ
संस्थागत विकास, सेवा प्रवाह र सुशासन सम्बन्धी कार्य
२. वडा सदस्य : धन बहादुर श्रेष्ठ
आर्थिक विकास सम्बन्धी कार्य
३. वडा सदस्य : सुमित्रा कार्की
विकास योजना सम्बन्धी कार्य
४. वडा सदस्य : रामचन्द्र अधिकारी
शिक्षा तथा स्वास्थ्य सम्बन्धी कार्य
५. वडा सदस्य : चिनिमाया दर्जी
खानेपानी सरसफाई, सस्कृति तथा लक्षित वर्ग सम्बन्धी कार्य















