समाचार प्रभाव : पुरानो भवनको सरसफाई गर्न वडा अध्यक्षले प्राचार्यलाई दिए निर्देशन (भिडियोसहित)
ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठले सामुदायिक बिद्यालयको पुरानो भवनको सरसफाई गर्न विद्यालयलाई आज निर्देशन दिनुभएको छ । सिमराको एयरपोर्ट रोडमा रहेको नेपाल राष्ट्रिय माद्यामिक बिद्यालयको पुरानो भवन बर्षौदेखि प्रयोग बिहिन बन्दै गएको समाचार ए वान समाचारमा प्रकाशन भएपछि वडा अध्यक्ष श्रेष्ठले पुरानो भवनको सरसफाई गर्न आज बिद्यालयलाई निर्देशन दिनुभएको हो ।
भवन प्रयोग बिहिन बन्दै जादा लापरर्वाही बढ्दै गएकोभन्दै वडा अध्यक्ष श्रेष्ठले ३ दिनभित्र भवनको सरसफाई गर्न निर्देशन दिनुभएको हो । ए वान समाचारसंग कुरागर्दे वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो ‘पुरानो भवनको अवस्था लथालिंग छ, त्यकारण पनि मैले आजै प्राचार्य ज्युलाई ३ दिनभित्र सरसफाई गर्न निर्देशन दिएको छु’ । ‘२–३ दिन भित्रै सरसफाई गर्न मैले प्राचार्य ज्युलाई भनेको छु, सरसफाईपछि त्यो भवन कुन प्रयोजनका लागी प्रयोग गर्ने हो भन्ने बिषयमा चाही हामी छलफल गरेर अगाडी बढ्छौ’ उहाले भन्नुभयो ।
https://youtu.be/QjNJszU8C4M
सम्बन्धी निकायको उदासिन्ताका कारण सिमराको एयरपोर्ट रोडमा रहेको नेपाल राष्ट्रिय माद्यँमिक बिद्यालयको पुरानो भवन बषौदेखि प्रयोग बिहिन बन्दै गएको समाचार हिजो ए वान समाचारमा प्रकाशन भएको थियो । बिद्यालयको भवन प्रयोग बिहिन बन्दा लाखौको संरचना अलपत्र अबस्थामा छ ।















