इण्डियन प्रिमियर लिग : दिल्ली र चेन्नई खेल्दै, प्लेइङ ११ मा अटाउलान् सन्दीप ?

ए वान डेस्क
१२ चैत्र २०७५, मंगलवार १०:२६

इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा मंगलबार पनि एउटा मात्रै खेल हुने भएको छ । नेपाली समय अनुसार राति सवा ८ बजे दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स आमने सामने हुने छन् ।

दुवै टिमले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । दिल्लीमा हुने खेलमा दुवै टिम लगातार दोस्रो जितको खोजिमा हुने छन् । उद्घाटन खेलमा चेन्नइले बेंग्लोरलाई तथा दिल्लीले मुम्बईलाई पराजित गरेका थिए ।

आईपीएलमा दिल्लीको टिममा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने सहभागी छन् । पहिलो खेलमा उनी प्लेइङ ११ मा उनी अटाएनन् । आजको खेलमा पनि पर्ने सम्भावना कम रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*