बारामा पनि खुत्रुके महाअभियान सञ्चालन गरिने, यस्तो छ होटल व्यवसायी संघको तयारी
ए वान डेस्क /
होटल तथा पर्यटन व्यवसायी संघ बाराले पर्यटन प्रवद्र्धन गर्न अतिरिक्त क्रियाकलापमा जोड दिने भएको छ । संघको आज सम्पन्न बैठकले बिभिन्न क्षेत्रसंगको सहकार्यमा पर्यटन प्रवद्र्धन गर्न अतिरिक्त क्रियाकलापमा जोड दिने निर्णय गरेको हो ।
बारालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न बिभिन्न क्रियाकलाप गर्दे आएको संघ बाराले पर्यटन प्रवद्र्धन अभियानलाई थप मजबुत बनाउन अतिरिक्त क्रियाकलापलाई जोड दिन लागेको हो । जस अनुरुप जिल्लाका स्थानीय जनप्रतिनिधि, बिभिन्न राजनितिक दलका प्रतिनिधि, संघ–संस्थाका व्यक्ति एवं सरोकारवालाहरुसंग संघ बाराले बृहत अन्र्तक्रिया गर्ने भएको छ ।
बैठकले पर्यटन प्रवद्र्धन गर्न निजि क्षेत्रको भुमिकाका बिषयमा सरोकारवालाहरुसंग अन्र्तक्रिया गर्ने निर्णय गरेको छ ।
यस्तै संघको बैठकले बारामा पनि खुत्रुके महाअभियान सञ्चालन गर्ने निर्णय गरेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग पुर्याउन संघले बारामा पनि खुत्रुके महाअभियान सञ्चालन गर्ने भएको हो ।
यसअघि महाअयिभानको होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नम्बर २ ले शुरुवात गरेको थियो । होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नम्बर २ का महासचिव समेत रहनुभएका जिल्ला अध्यक्ष मोहन शर्मा लामिछानेले अभियानलाई सफल बनाउन रकम संकल्न गर्न लागिएको बताउनुभयो ।
पत्रकार सम्मेलनमार्फत जिल्लामा महाभियान शुरु गरिनेभन्दै उहाले सामाजिक कार्यमा सक्दो सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । खुत्रुके महाअभियानमार्फत जिल्लाभित्र रहेका सबै होटल व्यवसायीबाट रकम संकल्न गर्ने संघको तयारी छ । संकल्ति रकम फाउडेशनका अध्यक्षद्धय सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलालाई हस्तान्तरण गरिने अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।
यस्तै आजको बैठकले होटल तथा पर्यटन सहकारीलाई चुस्त र दुरुस्त तरिकारले सञ्चालन गर्न संघको बैठकले आज ऋण समिति समेत गठन गरेको छ ।















