विप्लव समूहनिकट शिक्षक संगठनका अध्यक्ष परीक्षास्थलबाटै पक्राउ
बुटवल–प्रहरीले विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता खोज अभियान तिव्र पारेको छ । आज कपिलवस्तु प्रहरीले अखिल नेपाल शिक्षक संगठन रुपन्देहीका अध्यक्ष राम निवास चौहानलाई पक्राउ गरेको छ ।
चौहानलाई एसईई परीक्षामा अनुगमनमा खटिएको बेला प्रहरीले पक्राउ गरेको संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकले जानकारी दिए ।
ठाउँ ठाउँबाट विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता पक्राउ परिरहेको बेला विप्लव निकटको शिक्षक संगठनका जिल्ला अध्यक्षहरु पनि पक्राउ पर्न थालेका छन् ।
रुपन्देही प्रहरीले अस्ति अखिल नेपाल शिक्षक संगठन रुपन्देहीका अध्यक्ष रामजी आचार्यलाई पक्राउ गरी हिजो अदातलमा मुद्धा दायर गरेको छ ।















