प्रधानमन्त्री ओलीद्वारा लगानी सम्मेलन उद्घाटन

ए वान डेस्क
१५ चैत्र २०७५, शुक्रबार १४:०१

प्रधानमन्त्री केपी शर्मा ‌‌ओलीले लगानी सम्मेलनको उद्घाटन गरेका छन्। शुक्रबारबाट काठमाडौंमा सुरु भएको लगानी सम्मेलन शनिबारसम्म चल्नेछ।

सम्मेलनको उद्घाटन गर्दै प्रम ओलीले नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएको बताएका छन्। ‘नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य हो, नेपालमा लगानी गर्नेहरुले राम्रो प्रतिफल पाएका छन्’ उनले भने, ‘हाम्रो सरकारले लगानी संरक्षण तथा प्रतिफल फिर्ता लैजान पाउने अधिकारलाई सुनिश्चित गरेको छ।’ पूर्वाधार विकासमा सरकारको मात्र नभएर निजी क्षेत्रको पनि लगानी आकर्षित गर्ने ओलीले बताए।

प्रम ओलीले लगानीकर्ताले परियोजना कार्यान्वयन गर्दा आउने व्यवहारिक समस्यालाई पनि तत्काल समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे।

लगानी सम्मेलनमा सहभागी हुन बहुपक्षीय र द्विपक्षीय दातृ निकायका उच्च पदस्थ अधिकारी आएका छन्।लगानी सम्मेलनमा सहभागिताका लागि विश्वका प्रतिष्ठित प्रविधिमा आधारित माइक्रोसफ्ट, अमेजनजस्ता कम्पनीका प्रतिनिधि काठमाडौं आएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*