सिमराका डिभिजन बन प्रमुख सहित दुई कर्मचारी अख्तियारको नियन्त्रणमा

ए वान डेस्क
१५ चैत्र २०७५, शुक्रबार १६:००

बाराको सिमरास्थित डिभिजन बन कार्यालयमा अख्तियारले आज छापा मारेको छ । अख्तियारको टोलीले एक लाख पन्ध्र हजार रुपैया घुस सहित बन कार्यालयका प्रमुख सहित दुई कर्मचारीलाई रगेंहात पक्राउ गरेको हो ।

डिभिजन बन कार्यालय बाराका प्रमुख शिवशंकर ठाकुर र अर्का सहायक बन अधिकृत गौरीशंकर केशरीलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ । सेवाग्राही संग डिभिजन बन प्रमुख ठाकुरले लिएको ९० हजार र अर्का केशरीले लिएका २५ हजार सहित दुबै अख्तियारले नियन्त्रणमा लिएको छ ।

डिभिजन प्रमुख ठाकुरले कार्यालय सहयोगी मार्फत रकम लिन लगाएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

सेवाग्राहीसँग घुस लिएर हैरान बनाएको उजुरी परेपछि प्रहरी नायव उपरीक्षक केशव भट्टराईको नेतृत्वमा अख्तियारको टोली बारा आइपुगेको हो। घुस प्रकरणको विषयमा थप अनुसन्धान भइरहेको अख्तियारको टोलीले बताएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*