बिद्यार्थीको प्रदर्शनपछि जीतपुर तनावग्रस्त, प्रहरी र बिद्यार्थीबिच झडप

ए वान डेस्क
१६ चैत्र २०७५, शनिबार १०:५७

ए वान डेस्क /

प्रदेश नम्बर २ मा सरकारले एसईई परिक्षा स्थगित गरेकोभन्दै जीतपुरसिमरा उप–महानगरपालिकाभित्रका बिद्यार्थीहरुले आज प्रदर्शन गरेका छन् । परिक्षा स्थगित गरेर सरकारले आफुहरुको भावनामाथि खेलवाड गरेकोभन्दै बिद्यार्थीहरुले सडक अवरुद्ध गर्दे प्रदर्शन गरेका हुन् ।

आज बिहान सिमरामा सायौ बिद्यार्थीहरुले सरकारविरुद्ध नारावाजी गर्दे प्रदर्शन गरेका थिए । दुई दर्जन बढी निजि तथा सामुदायिक बिद्यालयका सैयौ बिद्यार्थीले झन्डै दुई घण्टा सरकारविरुद्ध नारावाजी गरेका थिए ।

यता, जीतपुरमा पनि बिद्यार्थीहरुले टायर बालेर सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सडक अवरुद्ध गर्दे जीतपुरका बिद्यार्थीहरुले मुख्य सडकमै टायर बालेपछि अहिले त्यहाको स्थिति तनावग्रस्त बनेको छ ।

उग्र बनेका बिद्यार्थी र प्रहरीबिच केहिबेर झडपसमेत भयो । प्रहरीले अहिले बल प्रयोग गरेर बिद्यार्थीहरुलाई भगाउने प्रयास गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*