ठुला सवारीका कारण सिमराको एयरपोर्ट रोडमा दुर्घटनाको जोखिम
ए वान डेस्क /
बाराको सिमरामा रहेको एयरपोर्ट रोडमा ठुला सवारी साधनका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ । अव्यवस्थित पार्किङ्गसंगै जथाभावि राखिएको बोर्डका कारण अस्तव्यस्त बन्दै गएको एयरर्पोट रोडमा ठुला सवारी साधनका कारण जोखिम बढ्दै गएको हो ।
खासगरी सिमराको एयरपोर्ट रोडमा साझको सयमा ट्रिपर, बस लगायतका ठुला सवारी साधन आवात जावत गर्ने गरेका छन् । साझको समयमा सर्वसाधारणको पनि आवात जावत बढि नै हुने गरेका कारण दुर्घटनाको जोखिम बढेको स्थानीय बताउछन् ।
साझको समयमा शर्वसाधारणहरु प्रायः किनमेल गर्न सिमरा बजार आउने गरेका छन् । साझको समयमा ट्रिपर बस लगायतका ठुला सवारी साधन आवात जावत गरेपनि सम्बन्धीत निकायले भने सञ्चालनमा रोक लगाउन सकेको छैन् ।
प्रहरीसंग समन्वय गर्छौ : प्रशासकीय अधिकृत
जीतपुरसिमरा उप–महानगरपालिकाका प्रशासकीय अधिकृत शिवराज सेढाईले ट्राफिक प्रहरीसंग समन्वय गरेर आवश्यक प्रक्रिया अघि बढाउने बताउनुभएको छ । ‘प्रहरीसंग समन्वय गरेर हामी अघि बढ्छौ, यो बिषयमा हामी गंभिर छौ’ ए वान समाचारसंग कुरागर्दे उहाले भन्नुभयो ।
फरक प्रशंगमा उहाले अव्यवस्थित होर्डिङ्ग बोर्ड व्यवस्थापन गर्ने बिषयमा आफहरुले लागिपरेको बताउनुभयो ।
म बुझ्छु : गैरे
ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गैरेले आफु यस बिषयमा अनबिज्ञ रहेकोभन्दै आवश्यक पहल कदमी चाल्ने बताउनुभयो । ‘मलाई यो बिषयमा खासै केहि थाहा छैन्, तपाईले भनेपछि मात्र मैले थाहा पाएको हो, के रहेछ म बुझ्छु’ उहाले भन्नुभयो ।
हामीले मात्र गरेर केहि हुदैन : हमाल
ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक सुभाष हमालले एयरपोर्ट रोडको समस्या समाधान गर्न सबै निकाय गंभिर हुनुपर्ने बताउनुभयो । ए वान समाचारसंग कुरागर्दे उहाले भन्नुभयो ‘सबैले मिलेर गर्नुपर्यो, हामीले मात्र गरेर केहि हुदैन’ ।















