जीतपुरसिमरामा न्यायिक समितिद्धारा ११५ वटा मुद्धाको फैसला

ए वान डेस्क
१७ चैत्र २०७५, आईतवार १६:२८

ए वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिकाको न्यायिक समितिले ११५ वटा मुद्धाको फैसला गरेको छ । उप–प्रमुख सरस्वती चौधरीको संयोजकत्वमा गठित समितिले ११५ वटा मुद्धाको फैसला गरेको हो ।

उप–महानगरपालिकामा न्यायिक समिति गठन भएदेखि अहिलेसम्म १६२ वटा मुद्धा दर्ता भएको उप–प्रमुखका स्वकिय सचिव मनोज साहले ए वान समाचारलाई जानकारी दिनुभयो । अहिलेसम्म १६२ वटा मुद्धा दर्ता भएको छ, जसमध्य ११५ वटाको फैसाल भईसकेको छ उहाले भन्नुभयो ।

यस्ता छन् मुद्धा

साहका अनुसार न्यायिक समितिमा बढि जसो लेनदेनको मुद्धा दर्ता भएको छ । समितिमा लेनदेनसंगै जग्गा, कुटपिट, महिला हिसां लगायतको मुद्धापनि उल्लेख्य रुपमा दर्ता भएको उहाले बताउनुभयो ।

‘धेरै जसो मुद्धा रकम लेनदेनकै हुन्छ, त्यसबाहेक अन्य मुद्धापनि समितिमा दर्ता भएको छ’ साहले भन्नुभयो ।

समितले के काम गर्छ ?

न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने छ । न्यायिक समितिको अधिकार क्षेत्रको प्रयोग न्यायिक समिति संयोजक र सदस्यले सामूहिक रूपमा गर्नेछन् ।

नगरपालिकाले न्यायिक समितिबाट मिलापत्र वा निर्णय भएका विवादसँग सम्बन्धित लिखत, मिलापत्र वा निर्णयको अभिलेख व्यवस्थित र सुरक्षित रूपमा राख्नुपर्ने छ । समितिले आफूले गरेको कामको वार्षिक विवरण अध्यक्ष वा प्रमुखमार्फत नगरसभामा पेस गर्नुपर्ने छ ।

को–को छन् समितिमा ?

नेपालको संविधानको धारा २१७ को उपधारा १ मा कानुनबमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न गाउपालिका वा नगरपालिकाले प्रत्येक गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र प्रत्येक नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा ३ सदस्यीय १ न्यायिक समिति रहने व्यवस्था छ ।

उक्त समितिमा गाउसभा वा नगरसभाबाट आफू मध्येबाट निर्वाचित २ जना सदस्य रहने भनिएको छ । समितिमा तुलसा मैनाली र क्यामुद्धिन मंसुली सदस्य हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*