महोत्तरीलाई डुमरवाना भलिवल प्रतियोगिताको उपाधी
ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १३ मा सञ्चालित डुमरवाना–पोता खुला भलिवल प्रतियोगिताको उपाधीले महोत्तरीले उचालेको छ । डुमरवाना विकास मञ्चले आयोजना गरेको प्रतियोगितामा मिलन चोक बारालाई पराजित गर्दे महोत्तरीले उपाधी उचालेको हो ।
उपाधी चुम्न सफल महोत्तरीलाई समापन कार्यक्रमकाबिच वडा नम्बर १३ का वडा अध्यक्ष राजेन्द्र प्रसाद सिंह थारुले पुरस्कार प्रदान गर्नुभएको थियो । डुमरवाना विकास मञ्चका अध्यक्ष प्रमोद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समाजसेवी किशोर श्रेष्ठले गर्नुभएको थियो ।
प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो ।















