निजगढमा अब जनप्रतिनिधिले आफ्ना छोराछोरी सामुदायिक बिद्यालयमै पढाउनुपर्ने !

ए वान डेस्क
१७ चैत्र २०७५, आईतवार १८:५५

ए वान डेस्क /

बाराको निजगढमा अब जनप्रतिनिधिले आफ्ना छोराछोरी सामुदायिक बिद्यालयमै पढाउनुपर्ने भएको छ । निजगढ नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले अब जनप्रतिनिधिले आफ्ना छोराछोरी सामुदायिक बिद्यालयमै पढाउनुपर्ने निर्णय गरेको हो ।

बैठकले जनप्रतिनिधिसंगै सरकारी कर्मचारी र शिक्षकले समेत आफ्ना छोराछोरी सामुदायिक बिद्यालयमै पढाउनुपर्ने निर्णय गरेको निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश खनालले ए वान समाचारलाई जानकारी दिनुभयो । नगरपालिकामा केहिदिन अघि शिक्षा समितिले जनप्रतिनिधिसंगै कर्मचारी र शिक्षकले समेत आफ्नो छोराछोरी सामुदायिक बिद्यालयमै पढाउनुपर्ने निर्णय गरेको थियो ।

नगर प्रमुख खनालका अनुसार शिक्षा समितिको निर्णयका आधारमा आजको कार्यपालिका बैठकले आफ्ना छोराछोरी सामुदायिक बिद्यालयमै पढाउनुपर्ने नियम बनाएको हो । ‘अब जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकले आप्नो छोराछोरी सामुदायिक बिद्यालयमै पढाउनुपर्छ, यसको अनुगमन नगरपालिकाले गर्नेछ’ उहाले भन्नुभयो ।

यस्तै बैठकले निजगढ नगरपालिकाभित्रका सामुदायिक बिद्यालयमा जनक शिक्षा सामाग्रीकै पाठ्य पुस्तक प्रयोगमा ल्याउने निर्णय गरेको हो । ‘कक्षा १ देखि १० सम्मका बिद्यार्थीहरुलाई जनक शिक्षा सामाग्रीको पाठयपुस्तक प्रयोगमा ल्याउने निर्णय गरेका छौ, यसले अभिभावक माथिको भार कम हुने हामीले बिश्वास लिएका छौ’ उहाले भन्नुभयो ।

सामान्य आर्थिक स्थित भएका अभिभावकले पनि जनक शिक्षाकै पाठ्य पुस्तक प्रयोग गर्न सक्नेभन्दै उहाले शिक्षाको गुणस्तर बिकास गर्न नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*