बारामा हावाहुरीले बिजुलीको पोल ढाल्दा ५ जनाको मृत्यु, दर्जनभन्दा बढि घाईते
फोटो : अन्नपुर्ण पोष्टबाट
ए वान डेस्क /
बारामा केहिबेर अघि बर्षासंगै आएको हावाहुरीका कारण ५ जनाको मृत्यु भएको छ । जिल्लाको भरवलीयामा बर्षासंगै आएको हावाहुरीका कारण बिजुलीको पोल ढल्दा ५ जनाको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय गण्डकका प्रहरी निरिक्षक मोहन मान श्रेष्ठका अनुसार अहिलेसम्म ५ जनाको मृत्यु भईसकेको छ । हावाहुरीले बिजुलीको पोल ढाल्दा दर्जनभन्दा बढि स्थानीय घाईते भएका छन् ।
https://www.youtube.com/watch?v=_czGCo7OPZQ
‘अहिलेसम्म ५ जनाको शव हामिले निकालिसकेका छौ, १५ जनाभन्दा बढि घाईते छन्’ ए वान समाचारसंग कुरागर्दे उहाले भन्नुभयो । हावाहुरीले भलवरीयामा आधा दर्जनभन्दा बढिको घर उडाएको श्रेष्ठले बताउनुभयो ।















