मौसमले साथ दिए तत्काल ‘नाइट भिजन’ हेलिकप्टरबाट उद्दार सुरु हुन्छ : प्रधानमन्त्री

ए वान डेस्क
१७ चैत्र २०७५, आईतवार २३:५०

आइतबार साँझ आएको विनाशकारी हावाहुरीका कारण बारा, पर्सालयागतका तराईका जिल्लामा कम्तीमा २५ जनाको ज्यान गएको छ । ४ सय भन्दा बढी घाइते भएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिनु भएको छ ।

हावाहुरीले इँटा भट्टा, बिजुलीका पोल लडाएको छ । त्यस्तै गुडिरहेका गाडी नै पल्टाउने गरी हावाहुरी आएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले भोलि बिहानबाट आवश्यक उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको बताउनु भएको छ । मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाण्डौको एयर बेसमा ‘नाइट भिजन’ हेलिकप्टर तयारी अवस्थामा राखिएको प्रधानमन्त्री ओलीले जानकारी दिनु भएको छ ।

K P Sharma Oli
@kpsharmaoli
भोली बिहानबाट आवस्यक उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाडौंको एयर बेसमा
“नाईट भिजन” हेलिकप्टर तयारी अवस्थामा राखिएको छ।
सुरक्षाकर्मी संगै उद्दारमा संलग्न रहन म, सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दछु।

प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीसँगै उद्दारमा संलग्न रहन सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नु भएको छ ।

अहिले पनि स्थानीय स्तरमा रहेका प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्दार र राहतका काम गरिरहेको छ । घाइतेहरुलाई वीरगञ्ज उपक्षेत्रीय अस्पताल तथा विभिन्न अस्पतालमा उपचारका लागि लैजाने क्रम चलिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*