प्रधानमन्त्रीलाई प्रदेशमन्त्रीको आग्रह : हेलिकोप्टरमा उडेरमात्र हुँदैन, पाल खसाइदिनोस्

ए वान डेस्क
१८ चैत्र २०७५, सोमबार १६:५४

प्रधानमन्त्री केपी शर्मा ओलीले हवाइ निरीक्षण मात्र गरेपछि हावाहुरी प्रभावित फेटा गाउँपालिकाका स्थानीयबासीले असन्तुष्टि जनाएका छन् ।

आइतबार राति वर्षासँगै आएको हावाहुरीले बाराको फेटा गाउँपालिका नराम्ररी प्रभावित भएको छ । सबैभन्दा धेरै धनजनको क्षति भएको फेटामा प्रधानमन्त्री ओलीसहितको टोली जाने भनिएको थियो । तर, गृहजिल्ला झापाबाट नेपाली सेनाको हेलिकोप्टरमा बारा पुगेका प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रको हवाइ निरीक्षण गरेका छन् ।

यसप्रति स्थानीयले असन्तुष्टि जनाएका छन् ।

प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास जितेन्द्र सोनललगायतका मन्त्रीहरु भने विहानैदेखि फेटामा छन् ।

मन्त्री सोनलले हेलिकोप्टर चढेर राहत नहुने भन्दै पाल, ब्लांकेटलगायत आवश्यक सामग्री पठाउन माग गरेका छन् । ‘हेलिकोप्टरमा उडेर राहत हुँदैन’ उनले भने, ‘ यहाँ मान्छेलाई पाल छैन, स्रोत साधन छैन । पाल खसालिदिनु पर्‍यो नि मान्छेलाई ।’

उनले अघि भने, हामी यहाँ जिरो ग्राउण्डमा छौं । उहाँहरुलाई मैले देखेको पनि छैन । केन्द्रीय सरकारसँग आग्रह छ, प्रधानमन्त्रीजीसँग आग्रह छ, कृपया पाल पठाउनु पहिले । राति सुत्नलाई पाल छैन । कमसेकम ५ हजार परिवारलाई पाल चाहिन्छ ।’

हावाहुरी प्रभावितलाई खानेकुराको व्यवस्था स्थानीय सरकारसँग मिलेर प्रदेश सरकारले गर्ने भन्दै उनले राति सुत्नलाई पाल पठाउन केन्द्र सरकारलाई आग्रह गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*