हावाहुरी प्रभावितलाई नयाँ शक्तिका संयोजक भट्टराईले आधा महिनाको तलब सहयोग गर्ने

ए वान डेस्क
१९ चैत्र २०७५, मंगलवार ११:२२

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बारा र पर्साका हावाहुरी पीडितलाई आधा महिनाको तलब सहयोग गर्ने बताएका छन् ।

बारा र पर्सामा भीषण हावाहुरीले पुर्‍याएको क्षतिमा पुनर्स्थापनाका निम्ति उहाँले आफ्नो आधा महिनाको तलब सहयोग गर्न लाग्नुभएको हो ।

भट्टराईले बारा र पर्सामा विपत्तिमा परेका स्थानीयको उद्धार, राहत र पुनर्स्थापनामा तन, मन र धनले लाग्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान पनि गर्नु भएको छ ।

संयोजक डा. भट्टराईले प्रभावित क्षेत्र वरपरका जिल्ला र प्रदेशका पार्टी युनिटहरुलाई उद्धार र राहतमा सक्रियतापूर्वक लाग्न पनि निर्देशन दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*