बारामा १५ सय घरमा क्षति पुगेको प्रारम्भिक विवरण

ए वान डेस्क
१९ चैत्र २०७५, मंगलवार १२:३७

हावाहुरीका कारण बारामा १ हजार ५ सय २ घरधुरी प्रभावित भएको प्रारम्भिक तथ्याङक आएको छ । नेपाल रेडक्रस सोसाइटी बारा शाखाले गरेको प्रारम्भिक तथ्याङक संकलनका क्रममा १ हजार ५ सय २ घरधुरी प्रभावित भएको देखिएको हो ।

रेडक्रस बाराका शाखा अधिकृत उदय नेपालले प्रारम्भिक अध्ययनको तथ्याङ्क आएको जानकारी दिए । ‘अहिलेको तथ्याङक प्रारम्भिक मात्रै हो, हावाहुरीबाट जम्मा प्रभावित १ हजार ५ सय २ घरधुरी देखिएका छन्’ नेपालले भने, ‘आज पनि स्वयंसेवकहरु परिचालन गर्दैछौं, उनीहरुले तथ्याङ्क संंकलन गर्छन र साँझसम्म वास्तविक तथ्याङ्क आउँछ ।

विभिन्न निकायको बैठक बसेर मंगलबार गैर खाद्य राहत वितरण एवं तथ्याङ्क संकलनलाई प्राथमिकता दिँदै जाने निर्णय गरेको उनले सुनाए ।

प्रमुख जिल्ला अधिकारी भन्छन्– विवरण आइसकेको छैन

जिल्ला विपद व्यवस्थापन समितिका संयोजकसमेत रहेका बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले क्षतिको यकिन विवरण संकलन भइरहेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*