वाह ! यस्ता पो जनप्रतिनिधि : तलब र भत्ता समाजसेवामा

ए वान डेस्क
१९ चैत्र २०७५, मंगलवार १५:३४

ए वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २ का वडा सदस्य धन बहादुर श्रेष्ठ (डि.बि) ले उप–महानगरपालिकाबाट पाउने सेवा सुविधा बापतको रकम समाजसेवामा खर्च गर्ने घोषणा गर्नुभएको छ । उप–महानगरपालिकाबाट ४ महिनाको सेवा सुविधा बापत पाउने २२ हजार रुपैया उहाले समाजसेवामा खर्च गर्ने घोषणा गर्नुभएको हो ।

ए वान समाचारसंग कुरागर्दे उहाले सेवा सुविधा अन्र्तगतको तलब र भत्ताबापत पाउने २२ हजार रुपैया सिमरा कलेजमा खर्च गर्ने बताउनुभयो । सिमरा कलेजमा अक्ष्यकोष स्थानपना गरी जेहेनदार बिद्यार्थीको पठनपाठनका निम्ति रकम खर्च गर्ने तयारीमा आफु लागेको उहाले बताउनुभयो ।

श्रेष्ठले छिट्टै औपचारीक कार्यक्रम गरी कलेजलाई अक्ष्यकोष स्थापना गर्ने गरी रकम हस्तान्तरण गर्ने बताउनुभयो । लामो समयदेखि समाजसेवामा सक्रिय श्रेष्ठको यो घोषणाको सबैले प्रशंसा गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*