हावाहुरीका कारण घाइते बालकको उपचारका क्रममा ज्यान गयाे

ए वान डेस्क
१९ चैत्र २०७५, मंगलवार १७:०२

आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट घाइते भएर यहाँस्थित नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका पाँच वर्षीय फैजल अन्सारीको उपचारको क्रममा मंगलबार मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार हावाहुरीबाट घाइते भएका बाराको फेटा गाउँपालिका–६ बस्ने फिरोज अन्सारीका छोरालाई उपचारको लागि नेशनल मेडिकल अस्पतालमा भर्ना गराएकामा मंगलबार उनको मृत्यु भएको हो ।

हावाहुरीमा परेर मृत्यु हुनेको संख्या बारामा मात्रै २८ पुगेको छ भने पर्साका दुई गरी जम्मा ३० जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*