आँधीबाट पीडितलाई सहयोग गर्न सभापति देउवाको आग्रह

ए वान डेस्क
१९ चैत्र २०७५, मंगलवार १७:१६

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र सङ्कटको यस घडीमा सबै एक भएर आँधीबाट पीडित भएकालाई सहयोग गर्न आग्रह गरेका छन् ।

असिनापानीसँगै आइतवार साँझ बारा र पर्सामा आएको शक्तिशाली हुरीबाट घाइते भई वीरगञ्ज उपक्षेत्रीय अस्पताल तथा नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेको स्वास्थ्य अवस्था बुझने क्रममा उनले अहिलेको यस सङ्कटको घडीमा हावाहुरीबाट प्रभावित भएका पीडितलाई राहत तथा पुनरवास कार्यक्रममा सक्दो सहयोग गर्न आग्रह गरेका हुन् ।

उनले आँधीबाट प्रभावितको समस्या सम्बोधन नभएमा काङ्ग्रेसले संसद्लगायतका स्थानबाट आवाज उठाउने बताए । आजै सभापति देउवाले हावाहुरीबाट प्रभावित बाराको फेटा गाउपालिकाको भलुही, भरवलीयालगायतका क्षति भएका गाउँको स्थलगत निरीक्षण गरेका थिए ।

यसैगरी आजै फेटा गाउँपालिका–१ भरवलीयाको राजपा अध्यक्ष मण्डलका संयोजक शरत्सिंह भण्डारी, राजपा अध्यक्ष राजेन्द्र महतो, अनिल झा, प्रदेश नं २ का मन्त्री जीतेन्द्र सोनललगायतले स्थलगत निरीक्षण गरी पीडितका समस्याबारे जानकारी लिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*